जेठ १८, २०८३ मा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (FECOFUN) का अध्यक्ष ठाकुर भण्डारीको अध्यक्षतामा काठमाडौंको नयाँ बानेश्वरमा आयोजित महासंघको ३१औँ स्थापना दिवस कार्यक्रम भव्यताका साथ सम्पन्न भयो।
कार्यक्रममा महासंघका पदाधिकारी, केन्द्रीय सदस्य तथा सदस्यहरूको सक्रिय सहभागितासहित महासंघका पूर्व अध्यक्षहरू, वन क्षेत्रका विज्ञ तथा प्राध्यापकहरू, सरोकारवाला निकायका प्रतिनिधिहरू, साझेदार संस्थाहरू, विभिन्न महासंघ तथा संघ–संस्थाका प्रतिनिधिहरू, नागरिक संगठन, सञ्चारकर्मी तथा पत्रकारहरू लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो।
