सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल संघीय महासंको आयोजनामा वन तथा कृषि सहज कार्यक्रम अन्तर्गत ‘सामाजिक तथा सांस्कृतिक पक्षमा सामुदायिक वनले पु¥याएको योगदान’ विषयक छलफल कार्यक्रम काठमाडौँमा सम्पन्न भएको छ । संघीय महासंघको अध्यक्ष ठाकुर भण्डारीको अध्यक्षतामा २६ जिल्लाका अध्यक्षहरु, बागमती प्रदेशका अध्यक्ष लगायत पदाधिकारी, संघीय महासंघका वरिष्ठ उपाध्यक्ष विर्ख बहादुर शाही र महासचिव पार्वता गौतम र एफ.ए.ओ. का राष्ट्रिय कार्यक्रम संयोजक रक्षा शाहको सहभागिता रहेको थियो । यस कार्यक्रमको सहजीकरण फेकोफनका कानुनी सल्लाहकार दिलराज खनालले गर्नुभएको थियो ।
